नागढुंगा सुरुङका लागि थप ५ अर्ब ७० करोड ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापान सरकारबाट थप ऋण लिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जापानी येन ५ अर्ब ७० करोड (करिब ५२ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *