यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू (सूचिसहित)

काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

असार २३ गतेका मुख्य निर्णयहरू:

. दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक (साउन ६–१२, न्यूयोर्क, अमेरिका) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति।

. नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमण स्वीकृति।

. एक हजार रुपैयाँ दरको नयाँ नोट छपाइका लागि चित्र र आकार स्वीकृत।

. विद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत १०.८ मिलियन अमेरिकी डलर बराबरको विश्व बैंक अनुदान स्वीकार।

. प्रत्येक साउन १६ गतेलाई “राष्ट्रिय कोदो दिवस”को रूपमा मनाउने निर्णय।

. उखु उत्पादक कृषकहरूलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान दिने।

 . नेपाली सेनाका ३७ महासेनानीको सरुवा।

. गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा जिपलाइन तथा स्काई साइकलिङ निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति।

. वन तथा वातावरण मन्त्रीलाई नर्वेमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन स्वीकृति।

. हैसियत बिग्रिएको राष्ट्रिय वनको जग्गा पर्यटन तथा वन पैदावरमा आधारित उद्योगको प्रयोगका लागि स्वीकृति।

. चीनमा आयोजना हुने आणविक प्रतिक्रियासम्बन्धी कार्यक्रममा विज्ञान तथा प्रविधि सचिवलाई सहभागी हुन स्वीकृति।

. नेपाल–जापानबीच सीपयुक्त कामदार पठाउने समझदारीपत्रको अवधि ५ वर्षका लागि नवीकरण।

. जल तथा ऊर्जा आयोगको संगठन संरचना र दरबन्दी स्वीकृति।

. क्यासिनो नियमावली, २०८२ र राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृति।

. नायब महालेखापरीक्षक नारायण एम.सी.लाई उपमहालेखापरीक्षकमा बढुवा।

असार ३० गतेका प्रमुख निर्णयहरू:

. नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारबाट प्राप्त ५ अर्ब ७० करोड येन बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार।

. राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा (रुपन्देही) नियुक्त।

. फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान विकास समितिको कार्यावधि ४ महिनाका लागि थप।

. “सेकेण्ड युएन फुड सिस्टम स्टक टेक समिट” (इथियोपिया, साउन ११–१३) मा डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति।

. बीमा प्राधिकरण अध्यक्ष शरद ओझाको छानबिनका लागि समिति गठन, संयोजकमा पूर्वन्यायाधीश कृष्ण गिरी।

. दक्षिण अफ्रिकामा आयोजना हुने ग्लोबल एसएमई मिटिङमा प्रा. कपिलमान श्रेष्ठ (राजदूत)लाई सहभागी हुन स्वीकृति।

. अमरगढी नगरपालिका, डडेल्धुरामा बहुउद्देश्यीय भवन निर्माणका लागि जिल्ला समन्वय समितिको जग्गा प्रयोग स्वीकृति।

. नेपाली सेनामा एक प्रमुख सेनानी महासेनानीमा, एक महासेनानी सहायक सेनानीमा बढुवा तथा १९ सहायक सेनानीको सरुवा।

. नवलपरासी (ब.सु.पू.) मा ग्रामीण सडक स्तरोन्नतिका लागि ३.९९ हेक्टर राष्ट्रिय वनको जग्गा प्रयोग स्वीकृति।

. कोशी गाउँपालिका सुनसरीको केन्द्र वडा नं. १ बाट ३ मा, र कालिगण्डकी गाउँपालिका स्याङ्जाको केन्द्र वडा नं. ४ कट्टीबाट गहलाममा परिवर्तन।

. “वर्ल्ड एआई कन्फरेन्स २०२५” (संघाई, चीन) मा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र “ग्लोबल हेल्थ फोरम २०२५” (बेइजिङ) मा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *