खानेपानी मन्त्री प्रदीप यादवले एक वर्षमा के–के गरे काम ?

काठमाडाैँ । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो एक वर्षे कार्यकालमा खानेपानी क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन्।

गत वर्षको असार ३१ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका मेलम्ची आयोजना अन्तर्गत रिबर्मा खोलाबाट पानी पथान्तरण गरेर उपत्यकामा वर्षभरि खानेपानी आपूर्ति गराउन सक्नुलाई मूख्य उपलब्धी भनेर व्याख्या गरेका छन् ।

मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा करिब १२ अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त गरिएकोमा आर्थिक वर्षको अन्तसम्ममा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तरगतका आयोजनाहरूको पूँजीगत खर्च ८६% पुगेको जनाएको छ ।

मन्त्री यादवको कार्यकालमा उर्लाबारी बृहत् सह लगानी आयोजना, बेलडाँगी खानेपानी आयोजना लगायतका जम्मा ८६ वटा खानेपानी आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा ल्याएको मन्त्रालयको दाबी छ ।

यस्तै एक वर्षमा उपत्यकाको चक्रपथ बाहिर मेलम्ची पानी विस्तारका लागि ५ वटा प्याकेजमा सार्वजनिक खरिद प्रक्रिया थालिएको छ । सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको आधुनिक पानी प्रशोधन केन्द्र निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको, कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका खानेपानी ट्याङ्की निर्माण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

देशभर नयाँ आयोजनाहरू तथा खानेपानी उपभोक्ता संस्थाहरूमार्फत पानी शुद्धीकरणका लागि अनिवार्य रूपमा क्लोरिनेसन युनिट सञ्चालन गर्नुलाई उपलब्धीको रूपमा मन्त्री यादवले व्याख्या गरेका छन् ।

मधेसमा देखिएको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न हालसम्म २५० भन्दा बढी स्थानमा डिप बोरिङ निर्माण सम्पन्न भैसकेको, थप डिप बोरिङ निर्माण कार्य भइरहेको यादवको उपलब्धीको सूचीमा रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *