घट्यो सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । असार महिनाको अन्तिम दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर २२ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलाको २२ सय ७५ रुपैयाँ रहेको थियो ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *