घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *