मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न एमाले सांसदको माग

काठमाडौं । नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामान्य प्रशासनमन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

सांसद साहले भने, ‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताजीले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा सरकार किन मौन छ? दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान हो।’

साहले सरकारको चुप्पीले भ्रष्टाचारविरुद्धको प्रतिबद्धतामा प्रश्न उठ्ने उल्लेख गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले भने, ‘म यो सदनमार्फत माग गर्दछु, गुप्ताज्युलाई तत्काल बर्खास्त गरियोस् र निष्पक्ष छानबिन होस्।’

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *