शेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब १७ करोड कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा बन्द भएको छ ।

आज ३२१ कम्पनीको शेयर किनबेच हुँदा ८ अर्ब १७ करोडको शेयर कारोबार भएको छ ।आज ५० कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा बेंकको २४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माइखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.९० प्रतिशतका दरले कमाएका छन् । केबिएल डिबेञ्चरका इकाईधनीले ५.७७ प्रतिशतका दरले कमाएका छन् । हिमालयन हाइड्रोपावरका लगानकिर्ताले ४.४८ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.४६ प्रतिशतका दरले गुमाएका हुन्

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *