भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबरको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण

काठमाडाैं। भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्ताललाई हस्तान्तरण गरेको छ ।

सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरिएको हो ।

भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई भवन हस्तान्तरण गरे । ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व.पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको बताए ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको बताए ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *