मलाई एमालेको नेता भन्न मिल्छ, अध्यक्ष बन्ने हो: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत स्पष्ट पारेकी छिन् ।

बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा-सुविधा परित्याग गरेको जानकारी दिँदै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको बताइन् । उनले भनिन् -“व्यक्तिगत पदलोलुपता वा महत्त्वाकाङ्क्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ।”

पत्रकार खरेलले ‘यो सबै गर्नका लागि तपाईँलाई एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधेको प्रश्नमा उनले  ‘हो, यस्मा कुनै सन्देह छ र’ भन्ने स्पष्ट जवाफ दिइन्।

केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको आगामी योजनाबारे सार्वजनिक चर्चा चलिरहेका बेला उनले आफ्नो लक्ष्य र प्रतिबद्धता खुलेर राखेकी हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *