साफ यु- २० च्याम्पियनसिप : नेपाल आज भुटानसँग खेल्दै

काठमाडौं : साफ यु–२० महिला च्याम्पियनसिप आजदेखि बंगलादेशमा सुरु हुँदैछ।

नेपाल यु–२० महिला टोली उमेर समूहमा उपाधिको खडेरी तोड्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिँदैछ। नेपालले आज पहिलो खेल भुटानसँग साँझ ७ बजे भिड्नेछ।
त्यसअघि आजै दिउँसो ३ बजे बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन्।

बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन्।

नेपाली महिला फुटबलले साफ यु–१५ को उपाधि जितेको छ। यद्यपि साफ यु–१९ र यु–२० मा च्याम्पियन हुन सकेको छैन। यामप्रसाद गुरुङको प्रशिक्षकत्वमा नेपाली टोलीले बङ्गलादेशमा च्याम्पियन बन्ने लक्ष्यसहित राम्रो तयारी गरेको छ। नेपालले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरेको मुख्य प्रशिक्षक गुरुङले बताएका छन्।

टोलीले एकलभन्दा समूहगत प्रयासलाई ध्यान दिएर प्रशिक्षण गरिरहेको गुरुङको भनाइ छ। उनले नयाँ खेलाडीमा मीना देउवा र डिफेन्डरमा अनिशा राईले राम्रो गर्ने विश्वास व्यक्त गरे।

यस पटक डबल राउन्ड रोबिनका आधारमा च्याम्पियनसिपका खेलहरू खेलाइने छ। हरेक टोलीले अर्को टोलीसँग दुई दुई खेल खेल्ने छन् र अन्तिममा धेरै अङ्क जोड्ने टोली च्याम्पियन हुनेछ।

च्याम्पियनसिपमा नेपालको पहिलो खेल जुलाई १३ मा बङ्गलादेशसँग, दोस्रो खेल जुलाई १५ मा श्रीलङ्कासँग हुने छ। यसै गरी जुलाई १७ मा श्रीलंकासँग नै नेपालले खेल्नेछ।  यसैगरी १९ जुलाईमा  भुटान र जुलाई २१ मा बङ्गलादेशसँग खेल्ने तालिका छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *