प्रभु बैंकका अध्यक्ष बन्दै कुमारी बैंकका पूर्व सीइओ अर्याल

काठमाडौं। प्रभु बैंक लिमिटेडको संचालक समिति बैठक बस्दैछ। आज बस्ने बैठकमा अध्यक्ष चयनको एजेन्डामाथि छलफल हुने भएको छ। बैंकका तत्कालिन अध्यक्ष लिलाप्रकाश सिटौलाको समयावधि गत चैत मै सकिएको भए पनि अध्यक्ष कसलाई बनाउने भन्ने बिषय टुँगो नलाग्दा बैंकले नेतृत्व चयन गर्न सकेको छैन।

त्यस्तै, आजको बैठकमा स्वतन्त्र संचालकको समेत नियुक्त गर्ने एजेन्डा राखिएको छ। स्वतन्त्र संचालकमा कुमारी बैंकका पूर्व सीइओ रमेश राज अर्याललाई चयन गर्ने बैंकको तयारी छ। अर्याल वित्तीय क्षेत्रका सिनियर एवं अनुभवी व्यक्ति भएकाले पनि उनैलाई अध्यक्ष चयन गर्ने तयारी गरिएको बैंक स्रोतले जनाएको छ।

अर्यालले  बैंकबाट प्रस्ताव आएको बिषयलाई स्वीकार गरेका छन्। उनी भन्छन्, ‘कुरा आएको छ, तर कन्फर्म भने भईसकेको छैन, हेरौं के हुन्छ।’

साथै, सर्वसाधरणका तर्फबाट संचालक नियुक्त भएका सुरज श्रेष्ठले पनि घरायसी कारण देखाउँदै बैंक छोडिसकेकाले उनले प्रतिनिधित्व गरेको कम्पनीबाट अर्को संचालक ल्याउने बिषयमाथि समेत छलफल हुने बताईएको छ।

बैंक स्रोतका अनुसार अध्यक्षका लागि संस्थापक समूहकी संचालक अम्बिका शर्मा लामिछानेले समेत दावी गर्दै आएकी छन्। तर, उनले बैंकको संचालक जस्तो जिम्मेवार पदमा रहेर बैंक स्रोतको चरम दुरुपयोग गर्दै आएको तथ्य सार्वजनिक भएपछि उनीमाथि नेपाल राष्ट्र बैंकले कारबाही गर्ने तयारी गरेको छ। त्यसकारण पनि उनको अध्यक्षमा दावी रहेपनि सम्भावना भने लगभग सकिएको छ।

लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ लिँदै आएको तथ्य सार्वजनिक भएको थियो । लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा  बैंकबाट नियमविपरित करोडौं रुपैयाँ लिंदै आएको बिषयमाथि राष्ट्र बैंकले अनुसन्धान गरी कारबाही  प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रभु बैंककी निर्देशक लामिछानेद्वारा स्रोतको दुरुपयोग, विज्ञापनका नाममा लिन्छिन् मासिक ५ लाख ६५ हजार रुपैयाँ

सञ्चालककै कम्पनीमा करोडौं प्रवाह: अम्बिका लामिछानेले बैंकबाट कति कुम्ल्याइन् ? (विवरणसहित)

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *