एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं।  एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले असार २० गते, शुक्रबारका लागि बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।  सभा असार ३० गते, सोमबार सिमरा, बारास्थित होटल ईच्छामा दिउँसो १ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। त्यसका लागि लाग्ने कर तिर्न बोनस सेयरको ०.२६८४ प्रतिशत नगद लाभांश पनि वितरण गरिने प्रस्ताव रहेको छ। सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

यस्तै, संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना, सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। साथै, एक जना स्वतन्त्र सञ्चालक मनोनयन र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभाको कार्यसूचीमा समावेश छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *