दरमखोला हाइड्रो इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं।  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ७५ लाख २ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (असार १८ गते) बिहान ५ः०६ बजेसम्म ५८ हजार ७९७ जनाले ११ लाख ७५ हजार २० कत्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.०२ गुणा बढी आवेदन हो ।
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा असार २३ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *