काठमाडौं । खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तोकेको छ ।
कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि असार २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार २६ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र नेकोको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावरलाई १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको छ । यसमा सिटिन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ । १०० प्रतिशत हकप्रदपछि यस कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ ।
Artha Sanjal







