काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनु आवश्यक नरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नभएको र छानबिन प्रक्रिया सुरु नभएकाले राजीनामाको आवश्यकता नरहेको बताए।
उनले प्रतिपक्षले उठाएका विषयमा गृहमन्त्रीले संसदमा जवाफ दिने अवसर पाउनु पर्ने धारणा राखे।
भिजिट भिसा प्रकरणमा छानबिन र गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रतिपक्षी दल संसद अवरुद्ध गर्दै आएका छन्। सत्तापक्ष र प्रतिपक्षको अडान कायमै रहेकाले संसदमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन।
Artha Sanjal







