राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस्ः सांसद तामाङ

काठमाडौं। राप्रपाका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरूको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै घाइतेहरूको उपचार सरकारले गर्नुपर्ने बताएका छन् ।

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राजतन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गरे ।

सांसद तामाङले भने, ‘हामी यो आन्दोलन गर्नुअघि नेपाल सरकारले सुरक्षाका लागि सुरक्षाकर्मी खटाएको थियो । त्यसलाई पूरै फिर्ता लिएको छ । नियमित सुविधान पनि खोसिएको छ । आन्दोलनका क्रममा घाइते भएका छन् । कसैको हात भाँचिएको छ । टाउको फुटेको छ । उनीहरूको सरकारबाट स्वास्थ्योपचारको व्यवस्था हुनुपर्छ ।’

सांसद तामाङले राजतन्त्र पक्षधर आन्दोलनका क्रममा नेताहरूमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *