तीनकुने घटनामा मिश्र, राणा र प्रसाईँसहित ५० जनाबिरुद्ध मुद्दा दर्ता

काठमाडौं। काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजसंस्था पक्षधरहरूको आन्दोलनका क्रममा भएको घटनामा काठमाडौँ सरकारी वकिल कार्यालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरा र दुर्गा प्रसाईँसहित ५० जनाविरूद्ध मुद्दा चलाएको छ।

मिश्र र राणालाई राजद्रोहमा तथा प्रसाईँबिरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ।

कर्तव्य ज्यानमा प्रसाईँसहित ८ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता हुनेमा ४ जना नाबालक पनि छन्। उनीहरूविरूद्ध भने सोमबार बाल अदालतमा मुद्दा दर्ता हुनेछ।

जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको थियो। यीमध्ये सरकारी वकिलले आइतबार ५० जनाविरूद्ध मुद्दा दर्ता गरेको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *