सान्भि इनर्जीको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आईपीओमा हालसम्म १ अर्ब ६३ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आज आइतबार (जेठ ११ गते) साँझ ५ः०६ बजेसम्ममा १३ लाख १० हजार ५६४ जाना सर्वसाधारण आवेदकहरुले १ करोड ६३ लाख ९ हजार ९८० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले जेठ ९ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो । यसमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन दिने समय अझै २ दिन बाँकी रहेकाले मागभन्दा बढी आवेदन पर्ने सम्भावना देखिन्छ ।

सान्भिले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ । सर्वसाधारणले आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *