काठमाडौं । विशाल ग्रुप अर्थात् नेपालमा नेपालको सबैभन्दा ठूलो औद्योगिक तथा व्यावसायिक घराना । ठूला घराना भए पनि यिनको व्यवहार भने निकै दरिद्र हुने गरेको पाईएको छ। यस समूहले नेपालमा दर्जनौं कम्पनी कडा गरेको छ जसमध्य कतिपयको नियतवस बीमा गरेको छ।अनिश्चितताको जोखिमका हस्तान्तरण गर्ने र भवितव्यको क्षतिपूर्ति प्राप्त गर्ने उपयुक्त माध्यम बीमा हो। तर, समय खराव नियतले व्यवसाय तथा सम्पतिको बीमा गर्ने र आँफै दुर्घटना गराई ‘फेक क्लेम’ गर्नेहरुमा अघिकांश माडवाडी समुदाय छन्।
ठूला व्यवसायिक घरानाले संचालन गरेका परियोजनाहरुले ठूलो रकमको बीमा गर्ने र प्रतिकुल परिस्थितिको फाईदा उठाएर बीमा दाबी गर्ने गरेका प्रशस्त उदाहरण छन्। केहि समयअघि एक घराना समूहले आफ्नो कम्पनीमा आँफै आगजनी गरी बीमा रकमभन्दा बढी दावी गरेको घटनाले बीमा क्षेत्रलाई शशंकित बनाएको छ। त्यसमाथि पनि दावी भुक्तानीका लागि आउने राजनैतिक दवावले बीमा कम्पनी आजित बनेका छन्। बिशेष गरी घराना समूहले यस किसिमको कार्य गर्ने गरेको विभिन्न घटना परिघटनाले देखाएको छ। यसैगरी ‘फेक क्लेम’ गर्नेहरु मध्यको एक हो , बिशाल ग्रुप। यस समूहले बीमाको नक्कनी दावी गरेको तथ्य भेटिएको छ।
कसरी गर्यो फेक क्लेम?
असोज महिनामा परेको लगातार झरीले देशका विभिन्न भागमा ठूलो क्षति पुर्यायो । काठमाडौं उपत्यकामा पनि ठूलो धन जनको क्षती भयो। सो घटनाबाट व्यापारिक क्षेत्रलाई पनि असर पर्यो। यसैको मौका छोपेर नेपालमा व्यवसाय गर्दै आएका बिशाल ग्रुप लगायतका घराना समूहले खोलाका किनारका भएका गोदाम डुब्यो भन्दै फेक क्लेम गरेको पाईएको छ। यहि विपत्तिको मौका छोपेर बीमा रकम असुल्ने खेल खेलेको भन्दै यतिबेला विशाल ग्रुप र अन्य केही व्यापारिक समूहको विवादमा तानिएको छ।
बिशाल ग्रुपले कुमारी पार्टीमा इलेक्ट्रोनिक सामानहरु राखिएको गोदाममा समान बगायो भन्दै सिद्धार्थ इन्स्योरेन्सबाट १ अर्ब इन्स्योरेन्स क्लेम गरेर ७७ करोड भुक्तानी लिएको छ। वास्तविकतामा गोदाममा भएको क्षति यति ठूलो थिएन। घटनास्थलको वस्तुस्थिति हेर्दा ‘गोदामको पर्खाल मात्र भत्किएको छ, सामानहरू डुबेका छन् बगाएको छैन।
केहि समयपछि उक्त समूहले सोहि डुबेको इलेक्ट्रोनिक सामान बैंकमा राखेर कर्जा लिइएको छ पाईएको छ। यस समूहको बदमासी यतिमा मात्र सिमित छैन। एकातर्फ सोहि बगायो भनिएको सामन एक त बैंकमा धितो राखी ऋण निकालेको छ भने अर्कोतर्फ प्याकेजिङ बिग्रिएको भए पनि सामान प्लास्टिकले बेरेर सोहि मूल्यमा बिक्रीवितरण गर्दै आएको पाईएको छ। यसरी घराना समूहको बिशाल ग्रुपले नेपाली जनतालाई ठगिरहेको छ।
नागरिकले गरेको स्वस्थ बीमाको रकम उपलब्ध गराउन सक्दिन भन्ने माडवारी समुदाय नेपाल सरकारको पार्टनर हुन् की भन्ने शंका लाग्न थालेको अधिवक्ता मधु चौलागाई बताउँछन्। दुर्गा प्रसाईको भनाइ उद्द्रत गर्दै उनी भन्छन् , ‘मारवाडी समुह नेताहरूका मिल्ने साथी हुन्, त्यसैले यिनीहरू माथि कुनै कारवाही हुँदैन।’ साथै उनी सरकारलाई समेत प्रश्न गर्छन् , ‘ माडवाडी समुदायले गरेको नक्कली दावी भुक्तानी गर्न सिद्धार्थ इन्स्योरेन्सलाई कसले दवाव दियो ? किन हतार गरियो ?’
बीमा क्षेत्रलाई स्वच्छ, व्यवसायिक र सेवामुखी बनाउन सबैको उत्तिकै हुनुपर्ने भन्दै यस्तो कार्यले बीमा कम्पनी र बैंक दुवैलाई झुक्याएर आर्थिक लाभ लिने प्रयत्न भएको र यसले उपभोक्तालाई समेत भ्रममा पारेको अधिवक्ता चौलागाईको गुनासो छ। साथै यस घटनाले नेपालको बीमा प्रणाली, बैंकिंग नियमन र उपभोक्ता अधिकारमा प्रश्न उठाएको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यो भुक्तानी कुन आधारमा गर्यो त भन्ने विषय पनि गम्भीर रुपमा उठेका छन् ।
यस समूहका बैंक, लघुवित्त र बीमा मात्र होइन सिमेन्ट, फलाम, ब्याट्री, टायर, बियर, बिस्कुट सवारीसाधन लगायतका दर्जनौँ उद्योग छन् सञ्चालनमा छन्। त्यस्तै यस समूहले नेपालका स्कुल, कलेज, रियल स्टेट, हाउजिङ, माइनिङ, हाइड्रो, लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको छ। या भनौँ नेपालका अधिकांश क्षेत्र घराना समूहकै नियन्त्रणमा छ।
यो पनि
एनआईसी एशिया बैंकका कर्मचारीनै ‘बिचौलिया’: सीईओकै संरक्षणमा ‘गोठालो’ द्वारा करोडौं निक्षेप अपचलन
एनआईसी एशिया बैंकमा ‘संगठित आर्थिक अपराध’: करोडौँका मालिक थापा भए सुकुम्बासी [फलोअप]