सिद्धार्थ बैंकको नाफा ८९.५%ले बृद्दि

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ८७.२७ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा ७२ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशतले बढेको छ। गत वर्ष १ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ०.०८ प्रतिशतले घटेर ८ अर्ब २ करोड रुपैयाँमा झरेको छ। गत वर्ष रिजर्भमा ८ अर्ब ३ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा (एनपीएल) १.३२ प्रतिशत घटेर ०.५४ प्रतिशतमा सीमित बनेको छ। सीडी रेसियो ८७.७५ प्रतिशत रहेको बैंकको आधार दर ७.५७ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३.६१ रुपैयाँ पुगेको छ। पीई रेसियो १३.६६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८८.१३ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *