लुम्बिनी विकासको बैंकको वितरणयोग्य मुनाफा ५१ करोड १ लाख

लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमासमा बैंकले २१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९०.८० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ११ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा ५१ करोड १ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि ८३.४० प्रतिशतले बढेर २९ करोड २७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा १५ करोड ९६ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३३.७१ प्रतिशतले बढेको छ। गत वर्ष २४ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ३३ करोड ३६ लाख रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकले ३६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ३६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ६७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ३.४२ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा १ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको बैंकले खराब कर्जा (एनपीएल) १.३१ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष यही अवधिमा बैंकको एनपीएल २.३६ प्रतिशत नै रहेको थियो। सीडी रेसियो ८८.८५ प्रतिशत रहेको बैंकको आधार दर ९.०१ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७८.३६ प्रतिशतले बढेर २९.३४ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १६.४५ रुपैयाँ रहेको थियो। पीई रेसियो १७.६२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७.०५ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *