अरुण भ्याली हाइड्रोपावरको नाफामा उछाल, यस्ता छन् वित्तीय सूचकहरु

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा अरुण भ्याली हाइड्रोपावरको खुद नाफामा  बढेको छ ।
यसअवधिमा खुद नाफा ५७९९.८७ प्रतिशतले बढेर ३४ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको र खर्च घटेको कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २२८.२४७ प्रतिशतले बढेर १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *