ट्वाईलेटमा लडेर प्रचण्ड घाइते

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घाइते भएका छन् । उनी गएराति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएको पारिवारिक स्रोतले जनाएको छ।

उनको टाउको र निधारमा चोट लागेको छ। उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। टाँचा तथा अन्य उपचार गरी उनी डिस्चार्ज भएको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *