काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको न्यादी हाइड्रोपावर लिमिटेडको शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको छ। कम्पनीले न्यादी हाइड्रोमा आफ्नो नाममा रहेको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो
न्यादी पावरमा कम्पनीको १ करोड ७ लाख ५१ हजार ४ सय ५३ कित्ता शेयर छ। कम्पनीले त्यसमध्ये ३१ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो ।
न्यादी हाइड्रोपावरको संस्थापक शेयरको लकइन अवधि गत कार्तिक ४ गते समाप्त भएको थियो । लकइन अवधि सकिएपछि बुटवल पावरले शेयर बेच्न लागेको जनाएको छ।







