नेकपा फुटाउने अदालत होइन, पुष्पकमल दाहाल प्रचण्ड हुन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई अदालतले नभइ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फुटाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्र्तक्रिया कार्यक्रममा अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीलाई फुटाएको बताए ।

उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन,ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊँ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोशिस गर्दा पनि प्रचण्ड जान मानेनन् । अदालतले फुटाएको होईन प्रचण्डले हो ।’

अध्यक्ष ओलीले प्रचण्ड अलग भएपछि निर्वाचन आयोगले एमालेलाई तलैसम्म फुटाउँने षड्यन्त्रमा माधव नेपाललाई सघाएको लागेको आरोप लगाउँदै भने,‘ प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरुको संयुक्त साँठगाँठबाट एमाले भदौ १० गते फेरि फुटाए, अदालतमा गएर मुद्दा हालेर ल्याउँनेहरु २० प्रतिशतमा फुटाउँन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए, एमाले फुटाउँन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, माधव नेपाललाई पार्टी तलैसम्म फुटाउँने षडयन्त्रमा निर्वाचन आयोगले पनि सघायो ।’

अध्यक्ष ओलीले एमालेसँग कसरी कमाउँने नभएर कसरी देश बनाउँने भन्ने भिजन रहेको तर्क गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *