भारतले गर्‍यो पाकिस्तानका ९ स्थानमा आक्रमण

भारतले पाकिस्तानमाथि सैन्य कारबाही गरेको छ। पाकिस्तान र पाकिस्तान अधीनस्त कस्मिरमा सो आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यसलाई भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।

यसअघि पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी सेनाका प्रवक्तालाई उधृत गर्दै भारतबाट क्षेप्यास्त्र आक्रमण भएको पुष्टि गरेका थिए। पाकिस्तानका विभिन्न स्थानमा विस्फोटको आवाज सुनिएको बताइएको छ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पहलगाममा २५ भारतीय र एक नेपाली नागरिकको ज्यान जानेगरी भएको हमलाको जवाफमा पाकिस्तान र पाकिस्तान नियन्त्रित कस्मिरमा आतंकवादी पूर्वाधारमा सैन्य कारबाही गरिएको जनाएको छ। तर, सैन्य ठेगानामा भने हमला नगरिएको भारतको भनाइ छ।

निसाना छनोटमा र कारबाहीको प्रकृतिमा निकै संयमता अपनाइएको भारतले जनाएको छ। पाकिस्तानी सेनाले पनि प्रतिकार गर्ने बताएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *