काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले बढेको छ । यससँगै सूचक २६५६.४९ अंकमा आएको छ । १८ लाख ३१रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३४ कम्पनीको २ हजार ६ सय ५४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । १४ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।







