पियोर इनर्जीको आईपीओ बाँडफाँट,यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख १९ हजार ५२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका यो आइपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएकामा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

आईपीओको नतिजा पियोर इनर्जीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिनेछ । यस्तै, मेरोसेयर एपमार्फत पनि आईपीओ नतिजा हेर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *