काठमाडौं। प्राइम बैंक कमर्सियल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।
कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको भने सार्वजनिक निष्कासन गर्नेछ।
यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज पाउनेछन्। बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
Artha Sanjal






