काठमाडौं । भाटभटेनी कोटेश्वर स्टोरमा चैत १५ गते राजावादी अराजक समूहको लुटपाट र तोडफोडका क्रममा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको छ ।
भाटभटेनीले गरेकाे मूल्यांकनका क्रममा मौज्दात सामानमा सबैभन्दा ठूलो क्षति देखिएको छ । ६४ लाख ८८ हजार रुपैयाँको मौज्दात सामान हराएको तथा नष्ट भएको पाइएको छ ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार भवनमा भएको क्षति मूल्यांकन ११ लाख ८५ हजार रुपैयाँ बराबर रहेको छ । फ्रिजर तथा शोकेसको क्षति २ लाख ६५ हजार र नगद चोरी भएको ९४ हजार रुपैयाँसहित कुल ८० लाख ३३ हजार रुपैयाँ क्षतिको मूल्यांकन भएको हो ।
भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् ।







