काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका आन्दोलनलाई अघि बढाउने निर्णय गरेको हो।
’राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजीलगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ।’ राप्रपाद्वारा जारी विज्ञप्तिमा भानिएको छ।
आगामी चैत १२ गते बस्ने आन्दोलन परिचालन मूल समितिको बैठकले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने राप्रपाको भनाइ छ।
यस्तै, आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसँग पारस्परिक एकता, संवाद र सहकार्यको लागि पहलकदमी लिने राप्रपाले निर्णय गरेको छ।








