काठमाडौं । पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा १२ करोड ८२ लाख ८२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०७ बजेसम्म ५६ हजार ४०२ जनाले १२ लाख ८२ हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.९० गुणा बढी आवेदन हो ।
कम्पनीले फागुन २० गतेदेखि आजसम्म पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपीओ जारी गरेको हो ।







