काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल लगभग सकिएको छ। अधिकारीको कार्यकाल सकिनै लाग्दा १९औं गभर्नरका लागि दर्जनौँ आकांक्षीहरु शक्ति केन्द्र धाउँदै आ- आफ्नो दुनो सोझ्याईरहेका छन्। गभर्नर पद र यसले बोकेको जिम्मेवारीले अर्थतन्त्रमा निकै महत्त्वपूर्ण स्थान राख्छ। तर राजनीतिक दवाव र आर्थिक प्रभावमा परेर नियुक्त भएका व्यक्तिले राष्ट्र बैंकको गरिमा जोगाउ सक्छन् भन्नेमा बिषयमा भने आशावादी हुन सकिने अवस्था छैन।
यतिबेला बजारमा भावी गभर्नर कस्तो हुनुपर्छ भन्दा पनि कुन दलको भागमा पर्छ ? कुन स्वार्थ समूहले आर्थिक चलखेल बढी गर्न सक्छ ? या कुन आकांक्षी कुन दलका कार्यकर्ता हुन् ? भन्ने जस्ता अस्वस्थ बिश्लेषणले स्थान पाईरहेको छ। जुन देशको अर्थतन्त्रका निमित्त घातक छ।
पछिल्लो समय नेपालको बैंक तथा वित्तीय क्षेत्र गुट-उपगुट तथा स्वार्थ समूहको गम्भीर षड्यन्त्रको चपेटामा छ। देशभरका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने योजना अनुरूप ठुला घराना र यिनै समूहद्वारा सञ्चालित बैंकहरू नेपाल राष्ट्र बैंकमा आफ्नो पकड बनाउने अन्तिम तयारीमा छन्। यो समूह राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रियामा आक्रामक प्रभाव पार्ने रणनीतिमा छ।
स्रोतका अनुसार, यी स्वार्थ समूहद्वारा संचालित बैंकका उच्च ओहदाका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकलाई आफ्नै अनुकूल चलाउन बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउने खेल सुरु गरेका छन्। राजनीतिक दलहरूमाथि चरम दवाव, आर्थिक लेनदेन, सरोकारवालाहरूमाथि रणनीतिक प्रभाव, अनि प्रभावशाली व्यक्तित्वहरूको सेटिङ मार्फत् ढुंगानाको नियुक्ति पक्का गर्न यो समूहले भरप्रयास गरिरहेको छ।
‘डेपुटी गभर्नर निलम ढुंगानालाई गभर्नर बनाउँदा एक त बैंकभित्रकै मान्छे ल्याईएको भन्ने भ्रम पार्न सकिने र अर्को राष्ट्र बैंकमा पहिलो महिला नेतृत्वलाई अघि सारिएको भन्ने देखाउन सजिलो हुने भएकाले पनि यो समूह निलमलाई नै गभर्नर बनाएर उनैबाट आफ्नो अनुकूल काम गराउने योजनामा छ।’ स्रोतले भन्यो।
तर बैंकभित्र लामो समय काम गरिसकेका व्यक्तिलाई गभर्नर बनाउँदा बैंकमा सँस्थागत सुशासन कमजोर हुने र नेतृत्वलाई तल्लो तहका या सो सरह काम गरिरहेका कर्मचारीले समेत नटेर्ने हुँदा ढुंगानाले गभर्नर पदमा रहेर काम गर्न सक्ने अवस्था भने नरहेको स्रोत बताउँछ।
ढुंगाना राजनीति साँठगाँठ मिलाएरै यसअघि पनि आँफूभन्दा सिनियर कर्मचारीभन्दा पहिले बढुवा भई डेपुटी गभर्नर बनेकी हुन्। जसले गर्दा उनको योग्यता र क्षमतामाथि बारम्बार प्रश्न उठ्ने गरेको छ। त्यसमाथि पनि उनले केहि समय अघि आँफूभन्दा जुनियर कर्मचारीमाथि लगाएको यौन दुर्व्यवहारको आरोप मिथ्या प्रमाणित भएपछि पदका लागि आफ्नो ओहोदा समेत भुलेर जस्तोसुकै हत्कण्डा अपनाउन सक्ने विवादित कर्मचारीको बिल्ला उनीमाथि लागेको छ।
डेपुटी गभर्नर ढुंगानाको आरोप मिथ्या प्रमाणित गर्दै अदालतद्वारा थानेश्वरको पुनर्वाहाली
राष्ट्र बैंकका गभर्नर राजनीतिक दलको भागबण्डामा पर्ने भएपछि ढुंगाना कहिले एमालेकोमा त कहिले कांग्रेसको ढोका ढकढक्याउन पुग्छिन्। स्रोतका अनुसार ढुंगानाले गभर्नर नियुक्तिमा चलखेल गर्ने दिपक भट्टसँग नियमित भेटघाट गरिरहेकी छन्। त्यस्तै ढुंगानाले कांग्रेस सभापति शेरबहादुर देउवा र उनका सहयोगी भानु देउवालाई पनि बारम्बार भेट गर्दै भन्ने गरेकी छन्,- ‘मेरो त‘ब्लड’मै कांग्रेस छ। म त जन्मिँदैकांग्रेस हो।’ पछिल्लो समय उनको नारा नै बनेको छ,- ‘माइती कांग्रेस घर एमाले’
‘ताकपरे तिवारी नत्र गोतामे’ भनेझैँ उनले गभर्नर बन्न कांग्रेस एमाले दुवैको पत्ता समेत फालिरहेकी छन् तर गभर्नर बन्नका लागि ‘उच्च व्यवस्थापकीय अनुभव’ भने ढुंगानामा छैन।
घराना समूहको यो रणनीति केवल ढुंगानाको गभर्नर नियुक्तिसँग मात्रै सीमित छैन। यदि ढुंगाना गभर्नर बन्ने हो भने, नेपाल राष्ट्र बैंकको सम्पूर्ण नीति, नियम, निर्देशिका तथा सम्पूर्ण बैंकिङ प्रणाली उनीहरूको स्वार्थ अनुसार चलाउन सकिने उनीहरुको भित्री योजना रहेको बुझिएको छ।
देशको अधिकांश क्षेत्रमा आफ्नो समुदायको वर्चस्व कायम गरिरहेका यी समूह नेपालको बैंक तथा वित्तीय क्षेत्रमा समेत आफ्नो हातमा लिने योजनामा छ। यदि निलम ढुंगानालाई गभर्नर बनाउन सकियो भने तल्लो देशको अर्थतन्त्रको महत्वपूर्ण मानिएको राष्ट्र बैंक समेत कब्जा गर्न सकिने योजना अनुरुप यस समुहले पछिल्लो केहि दिनदेखि राजनीतिक भेटघाट तथा साँठगाँठलाई समेत तिब्रता दिएको स्रोतले जनाएको छ।
नेपालको सम्पूर्ण बैंकिङ प्रणालीलाई आफ्नो अनुकूल बनाएर मुनाफा अभिवृद्धि गर्ने रणनीति अन्तर्गत, यी समूहद्वारा संचालित बैंकका संचालक समितिदेखि कार्यकारी प्रमुखहरु समेत ढुंगानालाई गभर्नर बनाउन चलखेल गर्दै आईरहेको भेटिएको छ। नेपाल राष्ट्र बैंकलाई आफ्नो नियन्त्रणमा लिने योजनाअनुरुप यस समुहले करोडौंको आर्थिक खेल सुरु गरिसकेको स्रोत बताउँछ।
राष्ट्र बैंकलाई नियन्त्रणमा लिएपछि: नियम तथा कानुन समेत आफ्ना स्वार्थअनुसार परिवर्तन गर्न सकिने भएपछि शक्तिशाली वित्तीय गुटहरू सक्रिय हुन थालेको पूर्व बैंकरहरु बताउँछन्।
नेपालको वित्तीय नीति, मौद्रिक नीति, बैंकिङ नियमन तथा आर्थिक सुरक्षाको मेरुदण्डका रुपमा रहेको नेपाल राष्ट्र बैंकलाई स्वार्थ समूहले आँफू अनुकूल प्रयोग गर्ने षड्यन्त्र खुला रूपमै देखुनु र सरकार र सम्बन्धित नियामक निकायहरूले यस विषयलाई गम्भीर रूपमा नलिंदा देश थप आर्थिक समस्यामा पर्ने विज्ञहरु बताउँछन्।
राष्ट्र बैंकका पूर्व गभर्नरहरु भन्छन् ,- नेपाल राष्ट्र बैंकको गभर्नर जस्तो गरिमामय पदमा कुनै एक स्वार्थ समूहले तयार गरेको कृतिम पात्रले आर्थिक क्षेत्रमा देखिएका समस्याको समाधान भन्दा पनि उल्टै संकट निम्त्याउने देखिन्छ। देशको अर्थतन्त्रलाई समेत ‘बन्धक’ बनाउने किसिमले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भईरहेको यस किसिमको षड्यन्त्र रोक्न नियामक निकायहरूले समेत आँट गरेनन् भने राष्ट्र बैंकको स्वायत्तता समाप्त भई बैंक निजी बैंकहरूको प्रभावमा चल्ने र राष्ट्र बैंकको साख र गरिमा गिर्ने निश्चित छ।’
राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहारको आरोप लागेका थानेश्वर आचार्य बर्खास्त
को -को छन् गभर्नरका आकांक्षी ?
१८औं गभर्नर पनि सत्तारुढ दल नेकपा एमाले र कांग्रेस मध्ये एकको भागमा पर्ने निश्चित छ । गभर्नर बन्ने दौडमा डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र गभर्नरका लागि स्वभाविक दावेदार हुन् ।
गभर्नरका आकांक्षीमा पूर्वअर्थसचिव डा. राजन खनाल, पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वसचिव केशव भट्टराई, पूर्वबैंकर राजनसिंह भण्डारी, पूर्वराजस्व सचिव लालशंकर घिमिरे, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, राष्ट्रिय वाणिज्य बैंकका पूर्वसिइओ किरणकुमार श्रेष्ठ, पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी, पूर्वसचिव अर्जुन कार्की, राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे लगायत छन् ।






