बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं। नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । यस दिन सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५०० रुपैयाँ कायम रहेको छ । यसअघि सोमबार सुन प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा स्थिर रहेको थियो ।

यता, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १९ सय ४० रुपैयाँ कायम रहेको छ । सोमबार भने चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर रहेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *