सलिको इन्स्योरेन्सले भन्यो – ३५ दिनभित्र क्लेम नगरे दाबी भुक्तानी दिन असमर्थ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई आवश्यक कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै २०८२ चैत मसान्तसम्म परेका तथा हालसम्म फर्छ्योट हुन बाँकी रहेका बीमा दाबीको प्रक्रिया टुंग्याउन बीमितलाई अनुरोध गरेको हो।

कम्पनीका अनुसार दाबी मूल्यांकनका लागि आवश्यक केही कागजात सम्बन्धित सर्भेयर वा कम्पनीमा बुझाउन बाँकी रहेको छ। ती कागजात पेश भएपछि मात्र अन्तिम दाबी फर्छ्योट प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

सलिकोले आवश्यक कागजात पेश गर्न बीमितलाई ३५ दिनको समय दिएको जनाएको छ। तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा नगरेमा दाबी सम्बन्धी कार्य अगाडि बढाउन कम्पनी असमर्थ रहने साथै सम्बन्धित दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले समयमै सम्पर्कमा आएर दाबी प्रक्रिया पूरा गरी भुक्तानी लिन सबै बीमितलाई आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *