प्रभु क्यापिटल र बिजबेलबीच ‘रोड टु आईपीओ’ सम्झौता सम्पन्न

काठमाडाैं । बिजबेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि प्रभु क्यापिटल लिमिटेडसँग रोड टु आईपीओ सम्झौता गरेको छ । यससम्बन्धी कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता भएको छ ।

उक्त सम्झौता हाईड्रो इम्पायर प्रालिका अध्यक्ष काजी लामा र प्रभु क्यापिटलका प्रमुख लगानी अफिसर दुर्गा नन्द झाको सहभागीतामा प्रभु क्पापिटलका म्यानेजिङ डाइरेक्टर आशिष गौचन र बिजबेलका संस्थापक सुसिल पोखरेलले हस्ताक्षर गरे ।

सम्झौताबमोजिम प्रभु क्यापिटलले बिजबेललाई आईपीओ निष्कासन गर्नुपूर्व र गरिसकेपछि परमार्श सेवा दिनेछ ।

सम्झौतामा पूँजी संरचना, मूल्य योजना,प्रि–आईपीओ इक्विटी रेजिङ,बजारीकरण,आईपीओको तयारी र निष्कासन व्यवस्थापन सेवा पनि संलग्न रहेको छ ।

बिजबेल सन् २०१४ मा स्थापित कम्पनी हो । यो कम्पनीले हरित र नविकरणीय उर्जामा केन्द्रित छ । कम्पनीको पोर्टफोलियोमा १ हजार मेगावाटको नविकरणीय उर्जा परियोजना रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *