लक्ष्मी सनराइज बैंकको कार्ड सेवा अवरुद्ध

काठमाडाैं । लक्ष्मी सनराइज बैंक लिमिटेडको कार्ड सेवा ५ घण्टाका लागि बन्द हुने भएको छ । बैंकको कार्ड सेवा आज बेलुका ६ः४५ बजेदेखि ११ः४५ बजेसम्म बन्द हुने भएको हो ।

बैंकको हाल सञ्चालनमा रहेको इलेक्ट्रोनिक फण्ड ट्रान्सफर स्विचको भिसासँगको नेटवर्कमा स्तरोन्नतीको कार्यहरु गर्नुपर्ने भएकाले कार्ड सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ ।

उक्त अवधिमा बैंकका डेबिट, क्रेडिट, डलर कार्डलगायतका कार्ड तथा एटीएमबाट हुने भुक्तानीसम्बन्धी सेवाहरु अवरुद्ध हुनेछ । बैंकको मोबाइल मनी तथा इन्टरनेट बैंकिङ सेवाहरु यथावत सञ्चालन रहने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *