सानिमा फ्लेक्सी फण्डको इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं। सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ। मागभन्दा अधिक आवेदन प्राप्त भएका कारण आज बैंकिङ्ग समयपश्चात आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।

फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड मध्ये ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँबराबरको ४ करोड इकाई क्यापिटलले प्रथम चरणमा सार्वजनिक रुपमा बिक्री खुल्ला गर्न लागेको हो। सो ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ।

लगानीकर्ताहरुले बाँकी २ करोड ५० लाख इकाईका लागि मात्र आवेदन दिन सक्नेछन्। उक्त फण्डमा न्यूनतम १०० देखि ४० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *