काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँफु र पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ शक्तिको रुपमा देशभर छाएको भन्दै आँफुलाई २०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको दावी गरे।
२०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवायुवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो। त्यस्तो उभार थियो। बीचमा उस्तै उस्तै जस्तो भयो। सबै उस्तै रहेछन् भनेजस्तो भयो। अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ। म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ कोजस्तै देखेको छु।’ उनले भने
उनले आफूसँग तस्बिर खिच्न र छुन चाहनेहरुले अहिले पनि आँफु देश दौडाहाका क्रममा बढिरहेको महसुस गरेको बताए।






