काठमाडौं आउँदै गरेको बस दुर्घटना, २३ जना घाइते

काठमाडौं । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *