व्यवसायीहरुको मनोवल कमजोर हुँदा कर्जाको माग बढ्न सकेन: बैंकर्स संघ

काठमाडौं। बैंकहरुको ६ महिनाको तथ्यांक अनुसार निक्षेप ५ खर्ब ८९ करोड १० करोड संकलन भएको छ भने४ खर्ब ७२ अर्ब ६० करोड कर्जा प्रवाह भएको छ ।  जसअनुसार बैंकको सिडी रेसियो ७९.१० प्रतिशतमा सिमित छ ।

यसै सन्दर्भमा नेपाल बैंकर्स संघ(एनबिए)ले बैंकहरुमा तरलता अधिक रहेपनि कर्जाको माग बढ्न नसकेको जनाएको छ । तर कृतिम माग सिजर्ना गरी कर्जा प्रवाह गर्न नहुनेमा पनि एनबिए सजग रहेको उल्लेख गरेको छ । ऋण नबढ्नुमा व्यापार तथा व्यावसायीहरुको मनोवल कमजोर भएको एनबिएको भनाई छ ।

यता सरकारले निजी क्षेत्रको मनोवल उकास्नु पर्नेमा जोड दिँदै  बैंकहरुको खराब कर्जामा निरन्तर बढोत्तरी हुनु हालको बैंकिङ क्षेत्रको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको बताउँदै आएको छ ।

औसत खराब कर्जाको दर नै ४.४९ प्रतिशत पुगिसकेको छ । खराब कर्जाको रिकभरीमा पनि विभिन्न किसिमका समस्याहरु उत्पन्न भएका छन् । खराब कर्जा असुल उपर गर्न जाने बैंकका कर्मचारीहरुमाथि नै  आक्रमणको प्रयास हुन थालेको छ ।

यस्तै, स्थानीय सरकारले पनि ऋणीको कुरा सुनेर समयमै काम नगर्ने प्रवृति बढ्दै गएको परिपेक्षमा घट्दो  बैंकर्स संघले  नाफादरलाई चुनौतिको रुपमा लिएर रणनीतिक रुपमा कार्ययोजना अघि सार्नुपर्ने जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *