प्रि ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेर बन्द भएको छ। सेसनमा ४.७७ अंक बढेर २६७०.२३ विन्दुमा पुगेको छ। ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।

३९ कम्पनीको मूल्य बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *