गरिमा विकास बैंकको नाफा सामान्य बढ्यो, कस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ५४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ७.१६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २३ करोड १८ लाख रुपैयाँ थियो। दोस्रो त्रैमाससम्म बैंकले ५.२० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

बैंकको सञ्चालन मुनाफा ७.२८ प्रतिशतले बढेर ७८ करोड ५० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७३ करोड १७ लाख रुपैयाँ थियो। ब्याज आम्दानी बढेर १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष ब्याज आम्दानी १ अर्ब ८० करोड ५० लाख रुपैयाँ थियो।

चुक्तापुँजी ५ अर्ब ६८ करोड ५ रुपैयाँ रहेको बैंकको रिजर्भमा २ अर्ब ७० करोड १७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १४ करोड ७६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब २९ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा २८ करोड ६४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ८७ अर्ब ३३ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ८४ अर्ब २५ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.७२ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल २.९५ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १९.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १८.०५ रुपैयाँ थियो। पीई रेसियो २०.११ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५०.१६ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *