माछापुच्छ्रे बैंकको नाफा सामान्य बढ्यो, कति पुग्यो प्रतिशेयर आम्दानी ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सामन्य बढेको छ।

बैंकले गत आवको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा आर्थिक बर्षको  सोही अवधिमा बढेर ८० करोड ७३ लाख रुपैयाँ पुगेको हो।

गत आवमा बैंकको सञ्चालन नाफा १ अर्ब २७ करोड ९२ लाख रुपैयाँ रहेकोमा बढेर १ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै गत आवमा २३ करोड ८५ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज १४ प्रतिशतले घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३ पैसाले बढेर १३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २ पैसा र खराब कर्जा ४.५४ प्रतिशत रहेको छ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ प्रतिशतले बढेको छ। गत आवमा २ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ पुगेको हो।

बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड रहेको छ भने रिटेन्ड अर्निङ १६ करोड ६२ लाख र रिजर्भमा ६ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको छ।

समिक्षाअवधीमा  बैंकले  १ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *