प्रभु बैंकले किन तिर्यो रविको धरौटी, के छ सम्झौता ?

कास्की। जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएपछि प्रभु बैंक उक्त रकमको बैंक ग्यारेण्टी बसेको पाईएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही समयमै उनले ६५ लाख बैंक ग्यारेण्टी देखाएकाको लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा उल्लेख छ । जसमा बैंक र निवेदकसँगको सम्झौता अनुसार मुद्दाको अन्तिम किनारा नलाग्दासम्म बैंक निर्बाधरुपमा बैंक ग्यारेण्टी प्रदान गरिएको उल्लेख गरिएको छ।

प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका सांसद देवी प्रकाश भट्टचनविरुद्द प्रहरी परिसरमा सहकारीको ठगीको जाहेरीसँगै अदालतमा समेत मुद्दा दायर भएको र यसको बिषयमा रास्वपाका कानूनी सल्लाहकार तथा रवी लामिछाने पक्षले मुद्दा दायर गरेकोमा उक्त मुद्दा फिर्ता गर्ने सम्झौता गरी रवीको धरौटी रकमको बैंक ग्यारेण्टी प्रभु बैंकले लिएको बैंक स्रोतको भनाई छ ।

तर बैंक र निवेदकसँगको सम्झौता अनुसार लामिछानेको धरौटी रकमको बैंक ग्यारेण्टी दिएको प्रभु बैंकले भने सम्झौता के थियो भन्ने बिषय खुलाएको छैन ।

लामिछानविरुद्ध कास्की अदालतमा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा चलेको थियो । पुस २४ गतेको मितिमा २५ गते बेलुका आदेश आएलगत्तै प्रभु बैंक ग्यारेण्टी बसेपछि उनी राति नै रिहा भएका थिए ।

त्यस्तै आज स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्लाका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पनि उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइ पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *