दुई हजार चार सयले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो । आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *