काठमाडौं। विद्युत नियमन आयोगले अपि पावर कम्पनीको लाभांश अस्वीकृत गरेको छ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र ०.४३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । सोही दरको लाभांश वितरणको स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो ।
निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षणबाट अनरियलाइज्ड गेनलाई खुद मुनाफामा देखाइ लाभांश वितरणको सन्दर्भमा स्पष्ट तथ्यसहित जवाफ पेश गर्न भनेको थियो ।
तर यसमा कम्पनीले आफ्नो स्वामित्वमा रहेको वित्तीय उपकरण तथा लगानीलाई बजार मूल्यमा प्रस्तुत गरेको र सो बजार मूल्यको थपघटलाई नाफा नोक्सान हिसाब अथवा अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गर्न पाउने स्पष्ट व्यवस्था भए बमोजिम गरेको भनेरआयोगमा थप पत्राचार गरेको थियो।
सोही विषयमा छलफल हुँदा त्यस्तो कार्यलाई कम्पनी ऐन , २०६३ को दफ ५६ को उपदफा (१०) ल वर्जित गरेको हुँदा कम्पनीको लाभांश स्वीकृत नगरिएको आयोगले जनाएको छ।





