सार्वजनिक सवारी साधनको भाडा घट्यो

रसुवामा सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । सरकारले वृद्धि गरेको २३ प्रतिशतमा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर सात प्रतिशतले घटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रसुवा र यातायात व्यवसायीबीचको छलफलपछि सात प्रतिशत भाडा दर घटेको हो ।

सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि १ कात्तिकदेखि रसुवाबाट काठमाडौँसम्मको भाडा ८१७ रुपैयाँ लिँदै आएका थिए ।

यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटाइएको छ । प्रशासनको आग्रहमा भाडा दर घटेपछि अहिले रसुवाबाट काठमाडाैँको भाडा ७३० रुपैयाँ कायम भएको छ । नयाँ भाडा दर बुधबारबाटै कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *