काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।
उक्त समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर किन्न आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।




