नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो।
बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी मूल्यले प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।




